कप्तान कुकले भारतविरूद्धको तेस्रो एकदिवसीय खेल्न नपाउने

112
  •  
  •  
  •  

alastair cookकाठमाडौ, १३ भदौ(एजेन्सी) : बेलायती क्रिकेट टोलीका कप्तान एलिष्टर कुकमाथि एक खेलको प्रतिबन्ध लगाइएको छ । उनलाई स्लो ओभर रेटका कारण एक खेलमा प्रतिबन्ध लगाइएको हो ।

कुकलाई एक खेलको प्रतिबन्ध सहित उनको खेलको शूल्कको २० प्रतिशत रकम समेत जरिवाना गरिएको छ । यस्तै, अन्य १० जनालाई उनीहरूको खेलको शुल्कको १० प्रतिशत रकम जरिवाना गरिएको छ ।

दोस्रो एकदिवसीय खेलमा भारतले बेलायतलाई डर्कवर्थ लुइसका आधारमा १ सय ३३ रनको भारी अन्तरले पराजित गरेको थियो । जितसँगै भारतले ५ खेलको श्रृंखलामा १-० को अग्रता लिएको छ । पहिलो खेल एक बल पनि नखेली रोकिएको थियो ।


  •  
  •  
  •