दक्षिण एसियामा फैलिँदै अलकायदाको सञ्जाल

411
  •  
  •  
  •  

काठमाडौं, १९ भदौ (एजेन्सी) : विश्व आतंकवादी सञ्जाल अल कायदाले छिमेकी मुलुक भारतमा आफ्नो संगठनको शाखा स्थापना गर्ने घोषणा गरेको छ । अलकायदाको यो घाषणसँगै भारतमा अलकायदाको आक्रमण हुन सक्ने आशंका गरिएको छ । अल कायदाका प्रमुख अयमन अल ज़वाहिरीले ‘क़ायदात अल जिहाद’को नामबाट भारतमा संगठन विस्तार गर्ने घोषणा गरेको एक भिडियो सार्वजनिक भएको छ ।

केही हप्ता पहिला इराक र सिरियामा आक्रमण गरिरहेको इस्लामिक स्टेट (आईएस)का नेता क्लिक करें अबू बक़र अल बग़दादीले पनि भी दक्षिण एशियामा आफ्नो संगठन विस्तार गर्ने बताएका थिए । बिबिसी हिन्दीमा कुक्तदर खानले लेखेकाछन्, ‘यी घोषणाबाट मलाई लाग्छ य िदुबै गुटको आँखा उजवेकिस्तानबाट पाकिस्तानमा बसाई सरी आएका इस्लामिकमाथि छ ।’

पाकिस्तानको वज़ीरीस्तान इलाक़ेमा पछिल्ला महिनामा यस्ता आतंकवादीविरुघ पाकिस्तानी सेनाले कारबाही चलाइरहेको छ । सेनाको कारबाहीपछि उज़बेकिस्तानँबाट आएका जेहादी ग्रुप तितरवितर भएका छन् । यसका कारण यी दुबै संगठनले भारत लगायत दक्षिण एसियामा संगठन विस्तारको घोषणा गरेका हुन् ।

अलकायदा र आईएसमा होड़

यो महत्वपूर्ण कुरा हो की अवर क्रान्तिका कारण अरव जगतमा अल कायदाको संन्त्रास कम भएको छ । त्यसैले यी संगठनको आँखा दक्षिण एसियामा परेको छ । यो क्षेत्रमा पाकिस्तान, बंगलादेश र मालदिभ्स पूर्णतया ईस्लामिक देश हुन भने भारतमा पनि ठूलो संख्यामा मुसलमान छन् । अन्य मुलुकमा भने मुसलमानको संख्या थोरै छ ।

भारत र चीन दुबैलाई समस्या
आईएस र अलकायदाको घोषणाले भारत र चीन दुबैलाई तनाव दिएको छ । यी संगठनले आफ्नो विस्तारतका लागि भर्ती खोल्ने सम्भावना छ । यस्तोमा यी मुलुकका युवाहरु त्यस्ता संगठनमा आवद्ध हुने जोखिम छ । यसकारण भारतले विशेषरपमा यी संगठनविरुद्ध आवाज उठाउनुपर्ने आवज उठेको छ । चीनमा रहेका मुसलमान पनि त्यहाँको सरकारविरुद्ध लडिरेका छन् । यस्तो अवस्थामा यी संगठनले चीनमा पनि सजिलै प्रभाव पार्न सक्ने बताइएको छ ।


  •  
  •  
  •