अल कायदाले दियो कार्यकर्तालाई विमान पड्काउने बम बनाउने तरिका

740
  •  
  •  
  •  

plane-by-al-qaedaकाठमाडौ, २९ पुस(एजेन्सी) : अल कायदाले आफ्ना समर्थकहरूलाई बम बनाउने एउटा नयाँ तरिका (बम रेसिपी) दिएको छ । यसमा मेटलको प्रयोग नगरी घरेलु सामानको प्रयोग गरेर विस्फोटक पदार्थ अर्थात् बम बनाइन्छ । यसको मुख्य उदेश्य विमानस्थलको सुरक्षाबाट बचेर यात्रुवहाक विमानलाई निशाना बनाउनु भएको समाचारहरुमा जनाइएको छ ।

आतंकी समूहको यमन शाखाले आफ्नो कार्यकर्ताहरूलाई भनेको छ की फ्रान्स भन्दा बेलायत यसको मुख्य प्राथमिकता भएको देश हो । अरब प्रायद्धीपमा आतंकी संगठन अल कायदाले आफ्नो अनलाइन पत्रिका ‘इन्स्पायर’को ताजा अंकमा बम रेसिपीको खुलासा गरेको छ ।

दी सण्डे टाइम्सले दिएको खबर अनुसार उक्त उपकरण घरेलु सामानको प्रयोग गरेर बनाउन सकिन्छ । यसमा धातुको प्रयोग गरिने छैन् । म्याजागिनले आफ्नो कभर पेजमा एक यात्रुबहाक विमानको तस्विरसमेत प्रकाशित गरेको छ ।


  •  
  •  
  •