पाकिस्तानका अल कायदा प्रमुख मारिए

236
  •  
  •  
  •  

_79550947_79550946एजेन्सी : पाकिस्तानी सेनाको कारवाहीमा आतंककारी संगठन अल कायदा प्रमुख नेताको मृत्यु भएको पाकिस्तानी सेनाले दावी गरेको छ । अदनान शुक्रिजुमा नामक अलकायदा नेताको दक्षिण बजिरिस्तानमा शनिबार विहान सेनाको कारवाहीमा मारिएको सेनाले विज्ञप्ती जारी गरेर जानकारी दिएको हो ।

शुक्रिजुमा अलकायदाका विदेश विभाग प्रमुख भएको अनुमान पनि गरिएको छ । भिडन्तमा उनको दुई सहयोगी पनि मारिएको छ भने पकिस्तानी सेनाको एक जवान मारिएको सेनाले जनाएको छ । अमेरिकाको न्यूयोर्कमा ३ आत्मघाती बम विस्फोट गराएको आरोपमा शुक्रिजुमालाई अमेरिका सेनाले खोजी गरिरहेका थिए ।

अमेरिका जासुुसी संस्था एफवीआईले शुक्रिजुमाको नाममा ५ मिलियन डलरको इनामको घोषणा पनि गरेको थियो ।


  •  
  •  
  •