अक्षयकुमार र ऐश्वर्या एकै साथ देखिदैँ

237
  •  
  •  
  •  

  १ बैशाख : अक्षयकुमार र ऐश्वर्या एकै साथ देखिन लागेका छन्।

ऐश्वर्या राय बच्चन विवाह पश्चात लामो समयदेखि अन्य कलाकार सँग फिल्ममा देखिएपनि अक्षयकुमार सँग भने देखिएकी थिइनन्। उनीहरु दुर्इ फिल्ममा मात्र एक साथ देखिएका हुन् ।

उनीहरूले ‘खाकी’ र ‘एक्सन रिप्ले’पछि सँगै काम नगरेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

तर, उनीहरूका फ्यानका लागि खुसीको खबर छ । भारतीय मिडियाका अनुसार अक्षयकुमार र रजनीकान्तको फिल्म २.० मा ऐश्वर्या पनि देखिनेछिन् ।

उनी विशेष प्राथमिकताका साथ फिल्ममा देखा पर्न सक्ने बताइएको छ । २.० को पछिल्लो भागमा उनी लिड रोलमा थिइन् । पछिल्लो भागको केही अंशमा उनी पनि देखिने बताइएको छ ।

भारतीय मिडियाका अनुसार यो पनि भनिएको छ कि ऐश्वर्याले आफ्नो भागको दृश्यहरूको सुटिङ पनि गरिसकेकी छिन् तर याे कुरा निर्माण पक्षले गाेप्य राखेकाे छ।


  •  
  •  
  •