इन्जिनियर, लेखापाल र निर्माण व्यवसायीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

84
  •  
  •  
  •  

काठमाडौं । जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख इन्जिनियर, लेखापाल र निर्माण व्यवसायीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित सडक मर्मत–सम्भार र बिरुवा रोप्ने कार्य गर्दा गैरकानुनीरूपमा भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले प्रमुख इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्रबहादुर श्रेष्ठ, निर्माण व्यवसायी माँ जानकी निर्माण सेवाका प्रोपाइटर भूपेन्द्र यादव, एभरेस्ट निर्माण सेवाका प्रोपाइटर विजयकुमार यादव र अन्नपूर्ण कन्सट्रक्सनका प्रोपाइटर ममतादेवी यादवविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले दायर गरेको पत्रमा उनीहरूले झुटा बिल भपाई बनाई ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा भुक्तानी गरेको जनाइएको छ ।


  •  
  •  
  •