मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुखसहित सात जनाविरूद्ध मुद्दा

48
  •  
  •  
  •  

काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरूद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार प्रमुख अधिकारीसहित सात जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अधिकारी डिल्लीबजारका कार्यालय प्रमुख रहेको बेला जेठ २ गते मालपोत अधिकृतसहित ६ जनालाई अख्तियारले आठ लाख ५० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। त्यही मुद्दामा संलग्न रहेको देखेपछि गत सोमबार प्रमुख अधिकारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको थियो।

उनीहरूले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिएबापत सेवाग्राहीसँग घुस मागेका थिए। सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई नियन्त्रणमा लिएको थियो।

 


  •  
  •  
  •