भ्रष्टाचारको आरोपमा मुछिएका १७ जनालाई सफाई

317
  •  
  •  
  •  

काठमाडौं २० फागुन ।
विशेष अदालतले देवदह मेडिकल कलेज सम्बन्धन दिने क्रममा भ्रष्टाचारको आरोपमा मुछिएका १७ जनालाई आज सफाई दिएको छ ।न्यायाधीशहरु भुपेन्द्र राई, पवनकुमार शर्मा र नरेन्द्र शिवाकोटीको संयुक्त इजलासले ‘झुटा अख्तियारको दावीअनुसार आरोप ठहर हुन नसक्ने फैसला सुनाएको थियो ।

झुट प्रतिवेदन दिएको नदेखिँदा अख्तियारको अभियोगअनुसार दावी पुग्न नसक्ने’ भनी ठहर भएको छ,’ विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले भने, ‘अख्तिायरको आरोपपत्रमा प्रतिवादी बनाइएका सबै १७ जनाले सफाइ पाउने फैसला भएको छ ।’देवदह मेडिकल कलेज एमबीबीएस कार्यक्रम सम्बन्धनका दिने क्रममा नेपाल मेडिकल काउन्सिल, काठमाडौंको विश्वविद्यालयको केही अधिकारी र मेडिकल कलेजकै केही संचालकको मिलेमतो भएको भन्दै अख्तियारले १७ जनालाई प्रतिवादी बनाएको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •