पूर्व आयुक्त पाठक ७८ लाख धरौटीमा रिहा

83
  •  
  •  
  •  

काठमाडौं, १ वैशाख(ओएनएस) : भ्रष्टाचार मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी राखेर रिहा गर्ने आदेश दिएपछि नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा पाठक रिहा भएका हुन् ।

उनी बुधबार विशेष अदालतमा बयानका लागि हाजिर भएका थिए । उनको बयान पछि बुधबार नै थुनछेक बहस भएको थियो ।

त्यसपछि उनीसँग अदालतले ७८ लाख धरौटी माग गरेको गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको थियो ।

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि उनीविरुद्ध मुद्धा दायर भएको थियो ।

उनीसँगै प्रतिवादी बनाइएका नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपाने भने अझसम्म फरार छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


  •  
  •  
  •