अक्षयकुमार काठमाडौंमा

399
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख : बलिउड स्टार अक्षय कुमार शुक्रबार काठमाडौं आएका छन्। चलचित्र ‘वसन्ती’ छायांकनका लागि उनी नेपाल आएका हुन्। काठमाडौं एवं पोखरामा छायांकन हुने भनिएको यस चलचित्रका लागि उनी एक साता नेपाल रहने बताइएको छ। अक्षय अभिनीत अधिकांश चलचित्र नेपाली दर्शकले रुचाएका छन्।
सन् १९९१ मा बलिउडमा डेब्यु गरेका अक्षयले सन् १९९२ मा ‘खिलाडी’, सन् १९९३ मा ‘कन्नाडा’ हुँदै आफ्नो अभिनय यात्रालाई अगाडि बढाएका थिए। पछिल्लो समय उनका चलचित्रले बलिउड बक्स अफिसमा राम्रो प्रभाव जमाउने गरेको छ। उनको नाममा खिलाडी ७८६, रावडी राठौर, नमस्ते लन्डन, हे बेबी, भुलभुलैया, वेकमल, सिंह इज किङ, चाँदनी चोक टु चाइना, देशी व्बाइज, हाउसफुल २, मै खिलाडी तु अनारी, दिल तो पागल है, सबसे बढा खिलाडीलगायतका दर्जनौं चर्चित चलचित्र छन्।
सन् १९६७ मा जन्मेका खिलाडी नायक अक्षय सानोमा नृत्यकार एवं प्रस्तोताका रूपमा काम गर्थे। तेक्वान्दोमा भारतमै ब्ल्याक बेल्ट गरेका उनले बैंककबाट मार्सट आर्टको कोर्स गरी चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्। चलचित्रमा प्रवेशपछि उनले पछि फर्केर हेर्नु परेको छैन।
अन्नपूर्णबाट

  •  
  •  
  •