अक्षय तृतिया, जौको सातु र सर्वत दान गरेर मनाईदै

295
  •  
  •  
  •  

काठमाडौं, ८ बैशाख (ओएनएस) : आज अक्षय तृतिया, जौको सातु र सर्वत दान गरेर मनाईदैछ । आज खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

आज बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ ।

वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक’ दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ । चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ ।

चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ । बेदव्यासलेसमेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ । हिमालय पर्वतमा विराजमान हिन्दुहरुका आराध्यदेव महेश्वर पशुपतीनाथको माता उमासंग बिहे भएको दिनको धार्मिक विश्वास अनुसार आजको दिनलाई अक्षय तृतिया पर्वको रुपमा मनाउने गरिन्छ।

विशेष गरेर ग्रिष्म याममा शरिरलाई निरोगी बनाउने जौ, मकै जस्ता खाद्यान्नको सातु र सर्वत खाएर मनाउने यो पर्व मानव जिवनको स्वास्थ्यसंग जोडिएको छ। गर्मी याममा शरिरलाई स्वस्थ राख्न र पानीको मात्रा धेरै बनाउनका लागि सुख्खा खाद्य बस्तुको प्रयोग गर्न यो पर्वले प्रेरणा दिने ज्योतिष पण्डितहरु बताउँछन् ।


  •  
  •  
  •