आज अक्षय तृतीया, सातु र सर्वत दान गरिंदै

351
  •  
  •  
  •  

काठमाडौँ, २७ बैशाख(ओएनएस) : आज अक्षय तृतीया, जौको सातु र सर्वत दान गरी मनाईंदैछ ।

हिन्दु धर्मालम्बीहरुले खुँदो र महको सर्वत तथा जौ को सातु दान गर्नाले मोक्ष प्राप्त गरिने विश्वास गर्छन् । त्यसै अनुसार सार्वजनिक स्थानमा बसेर सातु र सर्वत खुवाउने पनि गरिन्छ भने घरघरमा पनि खाने गरिन्छ ।

ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नहुने अर्थात स्थायी रहने भन्ने हुन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ भने बेदव्यासले आजकै दिन महाभारतको रचना गरेको बताइन्छ ।


  •  
  •  
  •