नायक अक्षय कुमारले हाने प्रशंसकलाई थप्पड

97
  •  
  •  
  •  

akshay-kumar-on-gabbar
चलचित्र गब्बरको एक दृश्यमा नायक अक्षय कुमार

काठमाडौ, मंसिर : बलिउडका चर्चित नायक अक्षय कुमार अहिले चलचित्र ‘गब्बर’को शुटिङमा व्यस्त छन् । उनले सोही शुटिङका क्रममा एक प्रशमसकलाई थप्पड हानेका छन् ।

भारतीय सञ्चारमाध्मयहरूका अनुसार चलचित्र गब्बरको शुटिङका क्रममा उनका एक प्रशंसकलाई थप्पड हानेका हुन् । प्रशंसकले शुटिङ जोन पार गरेर लुकेर आफ्नो तस्विर खिच्ने प्रयास गरेको थाहा पाएपछि अक्षयले थप्पड हानेका हुन् ।

यस्तो घटना यो पहिलो भने होइन । धेरै कलाकारले आफ्ना प्रशंसकलाई थप्पड हानिसकेका छन् । विजयवाडामा एक शोरूमको उद्धाटनका क्रममा जेनेलियाले एक प्रशंसकलाई थप्पड हानेकी थिइन् । सलमान खानले पनि आफ्नो एक प्रशंसकको मोबाइल फालिदिएका छन् । मुम्बईको कोलाबा क्षेत्रमा प्रियंका चोपडाले पनि आफ्नो एक प्रशंसकलाई थप्पड हानीसकेकी छिन् । यस्तै, चलचित्र ‘मनी है तो हनी है’को सेटमा गोबिन्दाले पनि यस्तो काम गरिसकेका छन् ।

अक्षय कुमार र श्रुति हसनको मुख्य भूमिका रहेको चलचित्र ‘गब्बर’ ३ अप्रिलमा रिलीज हुँदैछ । यो तमिल चलचित्र ‘रामन्ना’को रिमेक हो ।


  •  
  •  
  •