बन्दुकधारीको आक्रमणमा कम्तिमा ६५ को मृत्यु

211
  •  
  •  
  •  

एजेन्सी । नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तिमा ६५ जनाको मृत्यु भएको छ ।
आफन्तको अन्तिम संस्कारमा सहभागी भएका उनीहरुको हत्या गरेको हो ।

समाचार संस्था एएफपीका पत्रकारले आफूले जलेका घर तथा मारिएका आफन्तको शव संकलन गर्दै गरेका स्थानीयलाई देखेको बताएका छन् । तस्बिर : एएफपी

नाइजेरियाको उत्तर–पूर्वी राज्य बोर्नोमा आफन्तको अन्तिम संस्कारमा सहभागी भएकाहरुमाथि बन्धुकधारीले अन्धाधुन्ध रुपमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण बिद्रोही संगठन बोको हरामका लडाकु हुनसक्ने आशंका गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल तथा भ्यानमा आएका बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।

घटना बोर्नो प्रान्तको राजधानी माइदुगुरी नजिकै रहेको गाउँमा शनिबार भएको हो ।आफन्तको मृत्युको शोकमा रहेकाहरुको घटनास्थलमै ज्यान गएको थियो । यस्तै केही भने आक्रमणकारीसँग बच्नका लागि संघर्ष गर्ने क्रममा मारिएका हुन् ।

स्थानीय गाउँलेले दुई हप्ताअघि बोको हरामका ११ लडाकुको हत्या गरेका थिए । अहिले भएको आक्रमण सोही आक्रमणको बदला रहेको हुन सक्ने स्थानीय प्रशासनका अधिकारीले बताएको बिबिसीले जनाएको छ ।

घटनास्थलमा रहेका एएफपीका पत्रकारले आफूले जलेका घर तथा आक्रमणमा मारिएका आफन्तको शव संकलन गरिहेका मानिसहरु देखेको बताएका छन् ।

नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले आक्रमणको निन्दा गरेका छन् ।


  •  
  •  
  •