फेसबुक चलाउन अख्तियारको निर्देशन

271
  •  
  •  
  •  

काठमाडौं, १६ साउन (ओएनएस) :  कर्मचारहरु फेसबुकमा झिम्दा कार्य सम्पादनमा प्रभाव परेको भन्दै केही सरकारी कायर्ढालय समाजिक सञ्जाल फेसबुकलाई बन्देज लगाइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धानका कर्मचरीलाई भने अनिवार्य फेसबुक चलाउन निर्देशन दिइएको छ । कार्यालय समयभित्र कर्मचारी फेसबुकमा व्यस्त भएको भन्दै केही समय अगाडि सिंहदरवारभित्रका सबैजसो मन्त्रालयमा कार्यलय समयमा फेसबुक चलाउन प्रतिबन्द नै लगाइएको थियो ।

अख्तियारले साउन ९ गते चलानी नम्बर ७४२ मा फेसबुक संचालन सम्बन्धी विषय राखेर ९ वटा महाशाखा र ५ विकास केन्द्र कार्यालयलाई फेसबुक चलाउन परिपत्र गरेको छ ।

akhtiyar
आयोगबाट भइरहेको कामवारवाहीबारे सर्वसाधारण लगायत कर्मचारीहरुलाई समेत जानकारी होस भन्ने उद्देश्यले वेबसाइटमा राख्ने गरिएको र गतिविधि अपरान्ह ४ बजेपछि फेसबुक हेरी आयोगको गतिविधि हेर्न आयोगले परिपत्र गरेको हो । ‘सुरु सुरुमा फेसबुक लाइक एवं सकारात्मक कमेन्ट गर्ने गरेको देखाए पनि हालका दिनमा फेसबुक लाइक गर्ने कार्यमा शिथिलता आएको देखिएको हुँदा आफूले काम गरेको संस्थाको गतिगिधिबारेमा जानकारी नलिँदा कतिपय कुराहरु प्रभावित हुने कुरा पुन स्मरण गराइन्छ’, अख्तियाले जारी गरेको परिपत्रमा उल्लेख छ ।

अख्तियारले महाशाखा प्रमुख र क्षेत्रीय प्रमुखले आफू मातहतका कर्मचारीहरुले दिएको समयमा फेसबुक लाइक तथा सकारात्मक कमेण्ट गर्ने नगरेको निगरानी गर्न निर्देशन दिएको छ । ‘प्रत्येक दिन चार बजेपछि आफ्नो स्वकीय सचिव र कम्युटर अपरेटरमार्फत निगरानी राखी अनिवार्य फेसबुक लाईक वा सकारात्मक कमेण्ट गर्ने व्यवस्था गर्न गराउन आदेशानुसार अनुरोध छ’, पत्रमा उल्लेख छ ।


  •  
  •  
  •