डेढ लाख घुषसहित अख्तियारकै कर्मचारी पक्राउ

119
  •  
  •  
  •  

akhtiyar aayogधनकुटा, १० माघ(ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटामा कार्यरत अनुसन्धान अधिकृत खिमानन्द ज्ञवालीलाई घूसवापत लिएको १ लाख ५० हजार रकम सहित आयोगकै टोलीले शनिवार पक्राउ गरेको छ ।

आयोगका अधिकृत ज्ञवालीलाई उनकै आवासबाट शनिबार बिहान ११ बजे मुद्धा मिलाइदिने भन्दै जिल्ला निर्वाचन कार्यालय संखुवासभामा कार्यरत शाखा अधिकृत भक्तबहादुर भट्टराईसँग लिएको घुषको रकमसहित पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रिय कार्यालयबाट खटिएको प्रहरी टोलीका निरीक्षक पुष्पराज मल्लका अनुसार ज्ञवाली र भट्टराईबीच भएको टेलिफोन संवादको अडियो र दृष्यलाई आधार बनाएर अनुसन्धानको दायरामा राखिएको बताए । ज्ञवालीले घूसबापत लिएको रकम भान्छाभित्र झोलामा राखेको अबस्थामा फेला पारेको उनले बताए ।

ज्ञवालीले भट्टराइको नामको कुनै मुद्दा आफूले नहेरेको र उनले दिएको रकम घूस नभई सापटीमात्र फिर्ता लिएको बताएका छन् ।


  •  
  •  
  •