अर्थ समितिले उल्टाएको निर्देशनबारे अख्तियार छलफलमा

314
  •  
  •  
  •  

aaktiyar
aaktiyar

काठमाडौं, २१ कात्तिक (ओएनएस) : बिभिन्न जलबिद्युत आयोजनाको लाइसेन्स खारेज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनलाई ब्यवस्थापीका संसदको अर्थ समितिले उल्टाएको छ । अर्थ समितिको शुक्रबार बसेको बैंठकले निर्देशन उल्टाएपछि अख्तियारले लाइसेन्स खारेजीको बिषयमा छलफल गर्ने भएको छ ।

समितिको निर्देशनपछि ओएनएससँग कुरा गर्दै अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले  अख्तियारले आफ्नो कार्याधिकार अनुसार नै लाईसेन्स खारेज गर्न निर्देशन दिएको बताए । ‘ हामीले संबिधान अनुसार आफ्नो अधिकार प्रयोग गरेका हौ ।’ सापकोटाले समितिले दिएको निर्देशन अख्तियारले पालना गर्ने बताउदै भने ‘सार्वभौम संसदको निर्णयलाई हामी सम्मान गछौं ।’ उनले अघि थपे ‘समितिको निर्देशनबारे हामी छलफल गरेर छिट्टै आफ्नो धारणा सार्वजनिक गछौ । ’

अर्थ सिमितिले अख्यियारको उक्त निर्देशनलाई पालना नगर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने, विदेशी लगानी आकर्षित र स्वदेशी लगानी प्रोत्साहित, लगानी मैत्री वातावरण निर्माण गर्न, राष्ट्रले ऊर्जा संकट र लोडसेडिङ्ग व्यहोरिरहेको अवस्थामा जलविद्युत आयोजनाहरुको लगानीलाई प्रोत्साहित गर्नु पर्ने जस्ता क्षेत्रमा अख्तियारले आफ्नो कार्यक्षेत्र नाघेको ठहर गरेको छ ।

यसअघि अख्तियारले अन्तर्राष्ट्रिय लगानीमा निर्माण हुन लागेको कावेली “ए” (३७.६ मेघावाट) जल विद्युत आयोजना, फिदिम खोला जलबिद्युत आयोजना, माथिल्लो सोलुखोला जलबिद्युत लगायतका १० आयोजनाको अनुमतिपत्र खारेज गर्न निर्देशन दिएको छ ।


  •  
  •  
  •