दुईमाथि विशेष अदालतमा मुद्दा दर्ता

92
  •  
  •  
  •  

काठमाडौं, २३ असोज (ओएनएस): भारतबाट नक्कली प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी इलाका प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत तत्कालीन प्रहरी नायब निरीक्षक शम्भुनाथ उपाध्यायमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उपाध्यायले सन १९९४ मा उत्तरमध्यमा (आई.ए) भारतको बनारसस्थित सम्पुर्णानन्द संस्कृत विश्वविध्यालय वाराणसी नक्कली प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको अख्तियारले जनाएको छ । यसैगरी सर्लाहीको सिमरा गाविस– ५ स्थित हंस प्राविको नाममा हुदै नभएको विद्यालय झोले विद्यालयू खडा चार वर्षसम्मको अवधिमा पटक पटक सरकारी रकम निकासा लिने दिने गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु राय र प्रधानाध्यापक बिन्दुकुमारी यादव उपर बिगो दुई लाख ४९ हजार ५२ रूपैंया भ्रष्टाचार गरेको ठहरी विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •