आयल निगमका ९७ जना कर्मचारी विरुद्व मुद्दा (सूचिसहित)

140
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौ (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका ९७ जना कर्मचारी विरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको छ । भारतबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा कम परिमाण देखाइ राजस्व हिनामिना गर्ने,बाटैमा पेट्रोलियम पदार्थ झिकी नेपाल आयल निगमलाई हानी नोक्सानी पुर्याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

सो अनियमिततामा निगमको भलवारीस्थित डिपोमा कार्यरत उप निर्देशक ,प्रवन्धक सहित ८ जना,पेट्रोलियम व्यवसायी ४ जना र ट्याङकर धनी ६६ जना तथा १९ चालक संलग्न रहेका छन् । उनीहरुले ७ करोड ७७ लाख ८४ हजार रुपैयाँ नोक्सान पु¥याएको बताइएको छ ।

विभिन्न स्थानबाट प्राप्त उजुरीका आधारमाअख्तियारले गरेको छानविनमा भारतको बेतालवपुरबाट रुपन्देही,जिल्ला भलवारी डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा नेपाल आयल निगम,भलवारी डिपोमा कार्यरत कर्मचारीले रिसवत घुस लिइ निर्धारित परिणाम भन्दा बढी तेल आयात गर्ने गरेको ,आयातित तेल सिधै डिपोमा नलगी विच मै ट्यांकरको सिल तोडी अनधिकृतरुपमा तेल निकाल्ने गरेको पाइएको बताइएको छ ।

जसमध्ये निर्धारित परिरणाम भन्दा बढी आयात गरिएको पेट्रोलियम पदार्थको राजस्व नतिरेको १ करोड, आयात निगमलाई नोक्सानी पु¥याएको ६ करोड,कर्मचारीले घुस लिएको ५९ लाख भ्रष्टाचार तथा अनियमितता गरिएको देखिएके छ । उनीहरुलाई भ्रष्टारचार निवारण ऐन २०५९ को दफा ७,१७,३ र ४ बमोजिम कारवाही गर्ने बताइएको छ ।leter


  •  
  •  
  •