पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध अनेरास्ववियुको मुर्दा जुलुस

705
  •  
  •  
  •  

काठमाडौं,१८ पुस (ओएनएस): नेपाल आयल निगमले एकै महिनामा चार पटक गरेको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार मुर्दा जुलुश गर्ने भएको छ ।

नेपाल आयल निगमले एक महिनामा ४ पटकसम्म गरीब जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धी तत्काल खारेज गर्न,सरकारलाई दबाब दिन र निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको दलहरुले प्राप्त गरेको सिट नतोकेको विरोधमा अनेरास्ववियु केन्द्रीय समितिले मंगलबार दिउसो १ बजे त्रिचन्द्र क्याम्पसबाट मुर्दा जुलुशको आयोजना गरेकाे अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य नरेश रोकायाले ओएनएसलाई बताए ।
निर्वाचन मार्फत जनताले दिएको जनादेशको बारेमा निर्वाचन आयोगले सार्वजनिक गर्न गरेको ढिला सुस्तीका बारेमा समेत मुर्दा जुलुस कार्यक्रम चलाउने रोकायाले बताएका छन् । सोमबार मात्रै एमाले,माओबादीका भातृ संगठन र पार्टीले प्रतिनिधि सभा तर्फको समानुपातिक मत परिणाम सार्वजनिक गर्न ज्ञापनपत्र सहित ध्यानकार्षण गराएका थिए ।


  •  
  •  
  •