अख्तियारको अायुक्त पदका लागि कामु अायुक्त घिमिरेदेखि सिलवालसम्म दाबेदार, चार जनाकाे दाबेदारी

137
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : करिब चार महिनादेखि रिक्त रहेकाे अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगको प्रमुख आयुक्त पद पूर्तिकाे लागि सरकारले गृहकार्य अगाडी बढाएकाे छ ।

अायुक्त पदका लागि मुख्य रुपमा चार जना दाबेदार अगाडी अाएका छन्। अन्य व्यक्ति पनि अायुक्त पदका लागि दाबेदार भएपनि उनीहरुकाे नाम भने चर्चामा अाएकाे छैन्।

आयोगमा नवीन घिमिरे हाल कामु प्रमुख आयुक्त छन् । आयोगको प्रमुख आयुक्त पदमा घिमिरे नै प्रमुख दाबेदार रहेको चर्चा भएपनि अहिले थप तीन जनाको नाम बाहिर आएको छ ।

अख्तियारको प्रमुख आयुक्तका लागि पूर्व मुख्य सचिव एवम् चीनका लागि नेपालका राजदूत लिलामणी पौडेल, गृह सचिव प्रेमकुमार राई र पूर्व गृहसचिव सूर्यप्रसाद सिलवालको नाम चर्चामा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने गृह सचिव राईलाई नै प्रमुख आयुक्त बनाउने सोचमा रहेका छन् ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने पौडेललाई प्रमुख आयुक्त बनाउन चाहन्छन् । राजेन्द्र महतो आपूर्ति मन्त्री छँदा आपूर्ति सचिव रहेका सिलवाल पनि अथाहा पैसा कमाएर अख्तियार जान हतारिएका छन्।

त्यसो त कामु प्रमुख आयुक्त रहेका घिमिरेलाई प्रमुख आयुक्त बनाउनु पर्ने माग पनि नेकपा भित्रबाट उठिरहेकाे छ ।

संसद नियमावली पास भएर प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि नियुक्ति प्रक्रिया शुरु भएको स्राेतले बताएकाे छ ।


  •  
  •  
  •