समाजवादी पार्टीले ८ वटा प्रमुख शहरमा एकतासभा गर्ने

232
  •  
  •  
  •  

काठमाडौं, २७ वैशाख(ओएनएस) : नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकिकरण भएर बनेको समाजवादी पार्टी नेपालले देशको ८ वटा प्रमुख शहरमा एकतासभा गर्ने भएको छ ।

एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन सो एकतासभा गर्न लागेको हो । पार्टीको पदाधिकारीको पहिलो बैठक भने आगामी जेठ ११ गतेबाट कार्यक्रम शुरु गर्ने निर्णय गरेको सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

मोरङको विराटनगरबाट शुभारम्भ हुने कार्यक्रम जेष्ठ २५ गते पोखरामा समापन हुनेछ ।


  •  
  •  
  •