फोरम र नयाँ शक्तिबीच आज एकता घोषणा हुँदै

३ सय सदस्यीय केन्द्रीय समिति बनाइने
494
  •  
  •  
  •  

काठमाडौं, २३ वैशाख(ओएनएस) : संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच आज एकता घोषणा हुँदैछ ।


दिउँसो पौने १२ बजे काठमाडौंको राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर एकताको घोषणा गरिने जनाइएको छ ।

एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

नयाँ शक्तिका डाक्टर भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नेछन् । ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् ।

सरकारबाट तत्काल नहट्ने तर यसअघि संघीय समाजवादी फोरमले संविधान संशोधनका लागि केही दिनको समय दिने र माग पूरा नभए सरकारबाट अलग हुने दुवै दलले सहमति गरेका छन् । संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् ।


  •  
  •  
  •