वडा, नगरको बजेटमा एकल महिलालाई पनि सहभागि गराउन आग्रह

501
  •  
  •  
  •  

काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समुह मच्छेगाउँ चन्द्रागिरीले जनचेतनामुलक कार्यक्रमका साथै आफ्नो वडामा माक्स र स्यानटाइजर वितरण गरेको छ ।

  १० औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा समुहले नगरपालिकाको वडा नं ८ र ९ मा कोभिड १९ लाई लक्षित गर्दै सामाजिक दुरी कायम गर्दै जनचेतना कार्यक्रमका साथै माक्स र स्यानटाइजर वितरण गरेको हो ।


कार्यक्रममा वडा नं ८ र ९ का वडाध्यक्षहरु, प्रहरी, समाजसेवी, वुद्धिजिवि र पिछडिएका एकल महिला महिलाहरुको सहभागिता थियो ।

कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष देवेन्द्र महार्जनले एकल महिलाको पिडा छुट्टै हुने भन्दै आफ्नो पाउने अधिकारमा समेत लड्नुपर्ने बताए । उनले आफ्नो वडाबाट एकल महिलालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा अन्य अतिथिहरुले आ–आफ्नो क्षेत्रबाट एकल महिलाहरुलाई सहयोग गरिँदै आएको भन्दै आगामी दिनमा पनि कानूनी परामर्शदेखि अन्य कार्यक्रममा सहकार्य गर्दै जाने बताए ।

एकल महिला समुह चन्द्रागिरी नगर समितिका अध्यक्ष शान्ति महर्जनले हालसम्म आफुले संघर्ष गर्दै आएको चन्द्रागिरी नगरपालिका अन्तर्गत १५ वडामध्ये ८ वटा वडामा समुह गठन भएको र ५ सय भन्दा बढी ६० वर्ष मुनिका एकल महिलाहरु संगठित भएको जानकारी गराइन् ।

स्थानीय सरोकारवालदेखि राष्ट्रिय विकासमा एकल महिलाको भूमिका, हक अधिकारको र सरकारले एकल भत्ता कटौतीलाई केन्द्र, जिल्लादेखि आ-आफ्नो स्थानमा बसी लकडाउनको बेलामा सामाजिक सञ्जालले गर्दा लाखाैँ एकल महिला दिदी बहिनीहरुको अधिकार सुनिश्चि गर्न सफल भएको बताइन् ।

उनले आउँदा दिनमा पनि सरकारवालकाको ध्यानाकर्षण गर्दै वडा नगरपालिकाको बजेटमा एकल महिलालाई पनि सहभागि गराउन आग्रह गरिन् ।


  •  
  •  
  •