एकल तथा असहाय महिलालाई पोते बनाउने तालिम

377
  •  
  •  
  •  

काठमाडौं । एकल तथा असहाय महिलालाई आत्मनिर्भर बनाउने उदेश्यका साथ काठमाडौंमा पाेते बनाउने तालिम सञ्चालन भएको छ ।

नयाँ छोरी उद्यमशील नेपालको आयोजनामा दश दिने तालिम सञ्चालन गरिएको हो ।  काठमाडौंको जोरपाटी दक्षिण ढोकास्थित संस्थाको आफ्नै कार्यालयमा आयोजित तालिममा १६ जना महिलाहरुको सहभागिता रहेको छ ।

तालिम निःशुल्क सञ्चालन गरिएको आयोजक संस्थाकी अध्यक्ष दुर्गादेवी मैनालीले बताइन् ।  तालिम पश्चात उत्पादन भएका पोतेको बजारको व्यवस्था गर्ने, व्यवसाय गर्न सहयोग गर्ने अध्यक्ष मैनालीको भनाइ छ ।


  •  
  •  
  •