तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै

47
  •  
  •  
  •  

काठमाडौं । आज असार शुक्ल एकादशी, घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ ।

हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने आजको दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । आज घरघरमा तुलसी रोप्ने चलन छ ।

हरिशयनी एकादशीका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाका हरिबोधनी एकादशीका दिन जागा हुनुहुने धार्मिक विश्वास छ । भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

चतुर्मास अवधिमा विष्णु भगवानको पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुने विश्वास गरिन्छ । हरिशयनी एकादशीका अवसरमा राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा विशेष पूजा हुने गर्दछ ।


  •  
  •  
  •