न्यायाधीश नियुक्तिको निर्णय पुनरावलोकन हुँदैन : कानुनमन्त्री

228
  •  
  •  
  •  

ajay shankar nayakकाठमाडौं, १ माघ (ओएनएस) : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले उच्च अदालतका ८० न्यायाधीशको नियुक्ति सिफारिस निर्णय पुनरावलोकन नहुने बताएका छन् ।

न्यायाधीश नियुक्तिमा दलीय भागवण्डा भएको तथा नजिककालाई अवसर दिइएको भन्दै विरोध भइरहेका बेला न्याय परिष सदस्य समेत रहेका मन्त्री नायकले निर्णय कानुन सम्बत भएका बताएका हुन् ।

‘हामीले ऐन, कानुन तथा संविधान अनुसार नै न्यायाधीश नियुक्ती गरेका हौं, यो निर्णय कुनै हालतमा पनि फिर्ता हुँदैन्,’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रमममा मन्त्री नायकले भने, ‘नियुत्ति समावेशी, समानुपातिक छ ।’

प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषदले पुस २८ गते राति उच्च अदालतका ८० न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।
५ सदस्यीय न्याय परिषद्को उक्त निर्णयमा प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री नायक र प्रधानमन्त्रीको सिफारिसमा सदस्य भएका पदम बैदिकले मात्र हस्ताक्षर गरेका थिए ।

न्याय परिषद् सदस्य बैजनाथ उपाध्यायले निर्णयमा हस्ताक्षर गरेनन्, भने नेपाल बारको सिफारिसमा न्यायपरिषद सदस्य भएका रामप्रसाद सिटौला बैठकमा सहभागी थिएनन् ।

मन्त्री नायकले भने उपाध्याय बैठकमा सहभागी नभएपनि सहमति जनाएको दाबी गरे । उपाध्यायले प्रधानन्याधीशसँगकोे फोनवातार्मा सहमति जनाएको उनले जिकिर गरे । सिटौला भने एक्कासी बैठकबाट निस्किएको उनले बताए ।

 न्यायाधीश नियुक्तिमा नेपाल वार एशोसिएशनले पनि विज्ञप्ति जारी गरेर आपत्ति जनाएको थियो ।

सम्बन्धीत समाचार
विवादका बीच मध्यरातमा छानिए उच्च अदालतका ८० न्यायाधीश (सूचीसहित)

 


  •  
  •  
  •