आगलागीबाट २६ लाख मूल्य बराबरको क्षति

113
  •  
  •  
  •  

राजविराज, ४ वैशाख (ओएनएस) : सप्तरीको राजविराज नगरपालिकामा आगलागीबाट २६ लाख मूल्य बराबरको क्षति भएको छ ।

मंगलबार राति राजविराज ४ स्थित विनोद शाहको घरबाट शुरु भएको आगोले उनीसहित भावनाथ देव, मनोज शाह, सन्तोष साह, विनोद चौरसिया र विनोद शाहको घर तथा पसल जलेर नष्ट भएको छ ।

आगलागीमा कपडा पसल, मोबाइल पसल र होटलमा बढी क्षति भएको प्रहरीले जनाएको छ ।प्रहरी, दमकल र स्थानीयको सहयोगमा राती साढे २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


  •  
  •  
  •