आगलागीबाट एकै घरका चार जनाको मृत्यु

503
  •  
  •  
  •  

भद्रपुर, १० मंसिर(ओएनएस) । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।

फाइल तस्बिर

मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महिनाको शिशु टीकाराम खनाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार खाना खाएर सुतिसकेपछि घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

आगलागीमा छिमेकी घरकी ३७ वर्षीया गीता ढुंगेल समेत सख्त घाइते भएकी छिन् । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको छ भने घटनास्थलमा प्रहरी परिचालन भएका छन् ।


  •  
  •  
  •