आजकलका विद्यार्थी

132
  •  
  •  
  •  

आजकलका विद्यार्थी
किताबमा सन्तुलित आहारा पढ्छन्
तर,खानामा असन्तुलित आहारा खोज्छन्
आजकलका विद्यार्थी
घोक्छन् शारीरिक ब्यायमको पाठ
तर, सुत्छन् घाम टहटह लाग्ने बेला सम्म

पढ्छन् ज्ञान र बिज्ञानको कुरो
तर, हेर्छन टिकटक अनि सिरीयल
सामाजिक पनि पढ्छन्
तर, असामाजिक बन्छन्
सरसफाई पढेर एकदिन घर नबढार्ने
आजकलका विद्यार्थी

नैतिकता र अनुशासनको
पाठ पनि पढेकै हुन्छन्
तर, नम्र पाराले बोलाउँदा पनि
मुन्टो बटार्छन्
स्वास्थ्यको शिक्षा पनि लिन्छन
अनि पौष्टिकता भएको खानामा
मुख बार्छन्

आज्ञाकारिको पाठपनि
पढेकै हुन्छन विद्यालयमा
तर घरमा वृद्धवृद्धाहरुलाई
बैरी झैँ हकार्छन्
कस्तो शिक्षा लिएका हुन् कुन्नि रु
कापी ,कलम र किताबसँग
एकै छिन् पनि बस्न सक्दैनन्
तर, मोबाइल, नेट वा वाईफाई
भयो भने चाँहि
खाना खानै बिर्सन्छन्
सुत्नै बिर्सन्छन्
हरे, कस्ता हुँदै छन् है
आजकलका विद्यार्थी
(घिमिरे चिति साहित्य समाज लमजुङका अध्यक्ष हुन् ।)


  •  
  •  
  •