आगलागीमा १० घर जलेर नष्ट

273
  •  
  •  
  •  

लहान, २ चैत(ओएनएस) : हावाहुरीसँगै सप्तरीको सुरुंगा नगरपालिका–९ प्रमाणपुरमा शनिबार दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट भएको छ ।

फाइल तस्बिर

आगलागीमा करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बद्री मण्डलको घरबाट सल्किएको आगो फैलिएर स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।

लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी के कारणले भयो भन्ने खुल्न नसकेको स्थानीयको भनाइ छ ।


  •  
  •  
  •