नायीका ऐश्वर्या ४ वर्षपछि पर्दामा देखिने

563
  •  
  •  
  •  

aishwarya-raiकाठमाडौ/माघ(एजेन्सी) : एश्वर्या राय बच्चन पुनः चलचित्रको पर्दामा देखिने भएकी छिन् । सन् २०१० मा चलचित्र ‘गुजारिस’मा देखीएकी नायीका सन् २०११ मा आमा बनेपछि चलचित्रको दुनियाँबाट टाढा भएकी थिइन् ।

ऐश्वर्या बच्चन राय चाँडै नै संजय गुप्ताद्धारा निर्देशित चलचित्र ‘जज्बा’मा देखिने भएकी छिन् । यसको निर्देशक संजय गुप्ताका अनुसार चलचित्रको शुटिङ अप्रिलमा सकिने छ । सेप्टेम्बरमा उक्त चलचित्र रिलिज हुनेछ ।

ऐश्वर्याले पछिल्लो तीन वर्षपछि जब सञ्चारमाध्यमसँग कुराकानी गर्ने क्रममा सधै आफूले स्क्रिप्ट पढिरहेको बताउने गर्थिन् । तर, उनले चलचित्र ‘जब्बा गर्ने निर्णय किन लिइन् ?’ भन्ने प्रश्नको जवाफमा नायीका ऐश्वर्याले भनिन्, ‘म पछिल्लो समयमा अराध्याको साथमा व्यस्त भए । मलाई अराध्याको साथमा समय बितेको केही थाहा नै भएन र कति चाँडै यति लामो समय बितेछ भन्ने केही थाहा भएन ।’

संजय गुप्ताले पहिले अभिषेक बच्चनसँग ऐश्वर्या अब चलचित्रमा काम गर्नका लागि तयार छिन् भनेर सोधेका थिए । नायीका ऐश्वर्याले भनिन्, ‘मलाई यी तीन वर्ष निकै रमाईलो लाग्यो र म निकै खुसी छु की मैले यी तीन वर्ष आफ्नी छोरी अराध्यालाई दिए ।’

चलचित्र ‘जज्बा’मा ऐश्वर्याको साथमा नायक इरफान खान देखिने छन् । उनी पनि यस चलचित्रलाई लिएर निकै उत्साहित छन् ।


  •  
  •  
  •