ऐश्वर्या अब इरफानसँग !

114
  •  
  •  
  •  

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फिल्म ‘जज्बा’ बाट बलिउडमा फेरी पाइला राख्दै छिन । खबर अनुसार यो फिल्ममा पहिला जोन अब्राहमले ऐश्वर्याको अपोजिटमा खेल्ने बताइएको थियो तर अब भने जोनलाई इरफानले रिप्लेस गरेको कुरा बाहिर आएको छ ।

ऐश्वर्याको ईच्छा अनुसार नै इरफानलाई फिल्ममा लिइएको बताइन्छ । ऐश्वर्याले जोन अब्राहमसँग फिल्ममा देखिन नचाहेको बताइएको छ । ऐश्वर्या धेरैपछि अभिनयमा आउन लागेको कारण दमदार अभिनय गर्ने अभिनेताको खोजी हुँदा इरफान छानिएको बताइन्छ ।

छोरी आराध्यलाई जन्म दिएपछि ऐश्वर्या छोरी र परिवारसँग नै रमाइरहेकी थिइन । उनले ४ वर्षदेखि कुनै फिल्म खलेकी छैनन । पछिल्लो पटक ऋतिक रोशनसँग फिल्म ‘गुजारिश’ मा देखिएकी ऐश्वर्या सञ्जय गुप्ताको फिल्म जज्बा बाट कमब्याक गर्दैछिन ।


  •  
  •  
  •