अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्गमा लगानी गर्न मलेसिया इच्छुक

78
  •  
  •  
  •  

काठमाडौं,१ कात्तिक (ओएनएस) :   मलेसियाली सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई द्रुतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने प्रस्ताव राखेको छ ।

शुक्रवार मलेसियाका पूर्वमन्त्रीसहितको लगानीकर्ताहरुको एक टोलीले अर्थमन्त्री डा रामशरण महतसँगको भेटमा यस्तो प्रस्ताव राखेका हुन् ।

मलेसियाका पूर्वमन्त्री दातो सेरी उतामा सामी भेल्लु सहित सरकारी अधिकारीहरुले मलेसिया सरकारले नेपाल सरकारसँग सीधै काम गर्न चाहेको बताएका थिए ।

साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका साथै छेउमा आधुनिक शहरको विकास पनि गर्ने सोच राखेको बताएका छन ।
सो अवसरमा डा महतले नेपाल पर्यटनका दृष्टिले अत्यन्तै आकर्षक भएकोले विश्वसँग एयर कनेक्टीभिटी बढाएर पर्यटक आकर्षित गर्न चाहेको बताए ।

उर्जाको क्षेत्रमा पनि नेपालको सम्भावना रहेको उनले जानकारी दिए । उनले  पर्यटनको विकाससँगै कृषिको पनि विकास हुने बताए ।

कृषि, पर्यटन र उर्जाको विकास गरी नेपाललाई उच्च आर्थिक बृद्धि र सम्पन्नताको बाटोमा लैजाने सरकारको अठोट रहेको  उनले जानकारी दिए ।

यसैकारण सरकारले चालु आर्थिक बर्षको बजेटमा पूर्वाधारको विकास, उर्जाको विकास र विमानस्थलको संभाव्यता अध्ययनका लागि बजेट बिनियोजन गरेको स्पष्ट पारे ।

कामका लागि  तुरुन्त प्रस्ताव पेस गर्न अनुरोध गर्दै महतले सरकारले आवश्यक निर्णय तत्काल गर्ने आश्वासन दिए ।
उनले  पछिल्ला दिनहरुमा नेपालमा विदेशी लगानी धमाधम आउन थालेको बताए ।
उनले सम्पूर्ण निर्माणका लागि साधन र स्रोत मलेसियाले नै ल्याउने जानकारी दिए ।

साथै नेपालले जग्गा उपलब्ध गराइदिनुपर्ने प्रस्ताव राखेका थिए ।


  •  
  •  
  •