एयरपोर्ट पासमा कडाइ

79
  •  
  •  
  •  

काठमाडौं, १५ असोज :बिशिष्ट व्यक्ति तथा कूटनीतिज्ञहरुका लागि उपलब्ध गराउँदै आएको विशेष पास दुरुपयोग हुन थालेको भन्दै सरकारले कार्यविधि नै संशोधन गरी कडाई गर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग हुने यस्तो ‘पास’ एउटै कूटनीतिक नियोगले १८ वटा सम्म लिएको पाइएको छ । एउटा निकायले बढीमा ३ वटासम्म लिन सकिने विद्यमान कार्यविधिमा उल्लेख छ ।पास दुरुपयोगसम्बन्धी एउटा विशेष प्रतिवेदन नागरिक उड्यन प्राधिकरणले हालै मात्र परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो ।

निषेधित क्षेत्र प्रबेश अनुमतिपत्र (पास) व्यवस्थापन कार्यविधि २०६४ अनुरुप नेपालस्थित दूतावासले बढीमा तीन स्थायी पास पाउँछन् । दातृ निकाय तथा नियोगको हकमा बढीमा दुई जनाले पाउने स्पष्ट उल्लेख छ ।

कान्तिपुर दैनिकबाट


  •  
  •  
  •