प्रधानमन्त्रीको भ्रमणले अन्तर्राष्ट्रिय विमानस्थलकाे उडान- अवतरण आधा घण्टा बन्द हुने

188
  •  
  •  
  •  

काठमाडौं, २६ वैशाख(ओएनएस) :प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणमा जानु पर्ने भएकोले त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आधा घण्टाको लागि बन्द हुने भएको छ।

प्रधानमन्त्रीको उडानको समयमा बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण सेवा बन्द हुने भएको छ । भिभिआइपी सवारीलाई लक्षित गर्दै विमानस्थल उडान बन्द गराउन लागिएको हो ।

यसअघि भिभिआइपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएकोमा यसपटक यात्रुहरुलाई मध्यनजर गरि उनिहरुलाई सास्ती नहोस् भन्दै ३० मिनेट मात्रै बन्द गर्न लागिएको हो । तर अघिल्लो सातामात्रै राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा जाँदा आन्तरिक र बाह्य गरी १ सय ३० भन्दा बढी उडान प्रभावित भएका थिए।

भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ओली उक्त देशमा भ्रमण जान लागेका हुन्। प्रधानमन्त्री ओली सुरुवातको ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियामा रहनेछन् र जेठ १ गते नेपाल फर्कने कार्यक्रम छ।


  •  
  •  
  •