आज सबैभन्दा बाक्लो हुस्सु

259
  •  
  •  
  •  

काठमाडौं १५ मंसिर (ओएनएस) :  काठमाडौं उपत्यकामा आज विहान यो बर्षको सबैभन्दा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु लागेका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक र बाह्यतर्फका कुनै उडान र अवतरण हुन सकेका छैनन । बिहान साढे ९ बजेसम्म पनि कुनै उडान भएको विमानस्थलले जनाएको छ ।

भिजिबिलिटी कम भएका कारण विहानैदेखि कुनै पनि उडान तथा अवरण हुन नसकेको त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलले जनाएको छ । अरु बेला बिहान साढे ६ बजेबाट नै उडान सुरु हुने गरेको थियो ।

आज बिहान साढे ९ बजेसम्म मात्रै करिव २ दर्जन उडान प्रभावित भएका छन् । जहाज उडान तथा अवतरणका लागि कम्तीमा पनि ८ सयदेखि हजार मिटरको भिजिबिलिटी चाहिनेमा उक्त अवस्था नभएपछि उडान प्रभावित भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले भने अझै एक दुई घण्टा काठमाडौंको मौसममा सुधार नआउने र दिउँसो भने मौसम सफा रहने जनाएको छ ।


  •  
  •  
  •