एयर एसियाको विमान हराएपछि यात्रुका आफन्तको रूवाबासी…(तस्विरसहित)

604
  •  
  •  
  •  

काठमाडौ, १३ पुस(एजेन्सी) : इन्डोनेसियाबाट सिंगापुरतर्फ गइरहेको एयर एशियाको विमान हराएको छ । उक्त विमानमा १ सय ६२ यात्रु र चालक दलका सदस्य रहेको इन्डोनेसियाली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विमान आइतबार बिहान करिब साढे चार बजेबाट सम्पर्क बिहिन बनेको उक्त विमानबारे कुनै जानकारी हासिल हुन सकेको छैन् । विमानको खोजी कार्य जारी राखिएपनि विमान कहाँ र कस्तो अवस्थामा छ भन्ने कुनै जानकारी पाउन नसकिएको अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूले विमान कम्पनी एयर एसियालाई उदृत गर्दै लेखेका छन् ।

विमान हराएपछि विमानमा रहेका यात्रुको परिवारमा रूवाबासी सुरू भएको छ । यात्रुका आफन्तहरू विमानस्थलमा भेला भएका छन् भने प्राय सबैका आँखा रसाएका छन् । स-साना बालबालिकादेखी बृद्धबृद्धाहरू आफ्नो आफन्तको केही खबर पाउने आशाले विमानस्थलमा रुवाबासी गर्दै बसिरहेका छन् ।

विमान हराएपछि शोकमा डुबेका परिवारको अवस्थाका केही तस्विरहरू यस्ता छन्…

AirAsia-flight-loses-contactAirAsia-flight-loses-contact1 AirAsia-flight-loses-contact2 AirAsia-flight-loses-contact3 AirAsia-flight-loses-contact4AirAsia-flight-loses-contact5


  •  
  •  
  •