बुद्ध एयरले भरतपुर–पोखरा उडान भदौ ३० देखि गर्ने

522
  •  
  •  
  •  

budhdha air
चितवन, २० भदौ (ओएनएस) : बुद्ध एयरले भरतपुर–पोखरा उडान भदौ ३० गतेदेखि गर्ने भएको छ ।

नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान सुरु गर्ने भएको हो । बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३० बजे भरतपुरबाट पोखरा उड्ने छ ।

बुद्ध एयरले बिचक्राफ्ट सञ्चालन गर्दैछ जसमा १८ यात्रु अट्ने छन् । भाडादर एकतर्फी तीन हजार ६०० कायम गरिएको बस्नेतले बताए ।

पोखरा–भरतपुर हवाई सेवा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकका कारण आउन नचाहेका पर्यटक भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ ।


  •  
  •  
  •