अफगानिस्तानमा हवाई आक्रमणमा २८ सर्वसाधाराण मारिए

1349
  •  
  •  
  •  

air
आफगानिस्तान, १६ भदौ (एजेन्सी) : अफगानिस्तानकाे दुईवटा प्रान्तमा भएका हवाई कारबाहीमा परी २८ अफगान नागरिकको मृत्यु भएको छ ।

युएन आसिस्टन्स मिसन इन अफगानिस्तान (युएनएमए) ले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको हो । देशको हेरात र लोगार प्रान्त यसै हप्ता भएको हवाई कारबाहीहरुमा कम्ती २८ सर्वसाधारण मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका थिए । मारिएका र घाइते सबै महिला र बालबालिका रहेको जनाइएको छ ।

पूर्वी अफगानिस्तानमा गत अगस्त ३० मा भएको अमेरिकाआवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३  व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले जनाएका छन् ।

यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको यस हवाई कारबाहीमा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका जानकारी दिएका थिए ।

त्यसैगरी गत अगस्त २८ छुट्टाछुट्टै इलाकामा भएको हवाई कारबाहीमा १५ सर्वसाधारणको मृत्यु भएको थियो । युएनएमएले गत महिना प्रकाशित गरेको एक प्रतिवेदनअनुसार अफगानिस्तानमा जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा यस वर्षको सुरुदेखि हालसम्म एक हजार ६६२ व्यक्तिको मृत्यु भएको छ भने तीन हजार ५०० घाइते भएका छन् ।


  •  
  •  
  •