बंगलादेशी विमानको चक्कामा आगलागी

272
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस) :  ढाकाबाट काठमाडौं आएको विमान बंगलादेशको विमानमा आगालागि भएको छ । सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्नेक्रममा विमानको टायरमा आगाे लागेको हो ।

आगो तत्काल नियन्त्रणमा लिएकाले कुनै क्षति हुन नपाएको विमानस्थल स्रोतले बताएको छ । स्रोतका अनुसार सो विमान सोमबारै ३ बजेर १० मिनेटमा वंगलादेश फर्कने उडान तालिका थियो । तर, टायरमा आगो लागेपछि सो उडान रद्द गरिएको छ ।

हाललाई सो विमान त्रिभुवन विमानस्थलमा ग्राउन्डड भएको छ । वंगलादेशबाट टायर ल्याएपछि उडान सुरु हुने बताइएको छ ।


  •  
  •  
  •