मलेसियन एअरलाइन्सको विमान दुर्घटनाग्रस्त, सबै यात्रुको मृत्यु भएको आशंका

337
  •  
  •  
  •  

काठमाडौं, १ साउन (ऐजेन्सी) । एमस्टर्डमबा मलेसियाको राजधानी क्वाललम्पुरका लागि उडेको मेलेसियन एअरलाइन्सको बोइङ ७७७ रुस र युक्रेनको सीमानमा दुर्घटनाग्रस्त भएको छ ।

सो विमानमा चालक दलका १५ जना सदस्यसहित  २९५ जना यात्रु रहेको बताइएको छ । रुसी सञ्चारमाध्यमले रुसको सीमानामा प्रवेश गर्नुअघि सो विमान युक्रेनको  सीमानामा खसेको बताएका छन् ।

मलेसियन एअरलइन्सले सो विमानसँग सम्पर्क विच्छेद भएको भन्दै दुर्घटनाको पुष्टि गरेको छ । यस्तै बेलायती सञ्चारमाध्यमले पनि दुर्घटना भएको उल्लेख गर्दै दुर्घटनाबारे थप जानकारीका लागि प्रयासरत रहेको बताएका छन् ।

यस्तै अमेरिकी समाचार एजेन्सी एसोसियट प्रेस (एपी)ले युक्रेनका अधिकारीहरुलाई उद्धृत गर्दै युक्रेनको ३३ हजार फिटको उँचाइबाट सो विमानमाथि क्षेप्यास्त्र दागिएको उल्लेख गरेको छ । घटनाका बारेमा फरकफरक समाचारहरु आइरहेका छन् ।


  •  
  •  
  •