हराइरहेको एयर एसियाको विमानको टुक्रा समुद्रमा देखियो

436
  •  
  •  
  •  

इन्डोनेसिया, १५ पुस (एजेन्सी) हराइरहेको एयर एसियाको विमानको केहि टुक्रा समुद्रमा देखिएको इण्डोनेसियन अधिकारीले दाबी गरेका छन् ।

खोजी कार्यमा खटिरहेको इमरजेन्सी समूहका सदस्यले समुद्रमा उक्त विमानका केही भाग र ढोकाजस्तो देखिने सेतो वस्तु भेटिएको बताएका हुन् ।

खोजीकार्य विशेष प्रविधि र अग्रसरताका साथ भइरहेको भन्दै सोमबार उक्त विमानकाजस्ता देखिने केही सेता भाग र टुक्राहरु एरियलबाट देखिएको तर त्यसको फोटो लिन सम्भव नभएको बताएका हुन् ।

उक्त विमान गत आइतबार बिहान इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेको थियो । तर उडेको केही बेरपछि नै विमान बेपत्ता भएको थियो ।

मङ्गलबार बिहान गरिएको पत्रकार सम्मेलनमा इन्डोनेसियाली एयर फोर्सका अधिकारीले मध्य कालिमातान प्रदेशको समुद्रमा सो वस्तु भेटिएको पाइएको जानकारी दिए ।

उद्वारका लागि गएको सो विमानमा रहेका एकजना एएफपीका फोटोग्राफरले पनि समुद्रमा तैरिएको अवस्थामा लामो खालको लाइफ ज्याकेट आफुले देखेको जनाएका थिए ।

निकै टाढाबाट लिइएको सो तस्वीरमा सुन्ताला रङ्गका केही वस्तुहरु समुद्रको पानीमा तैरिएको अवस्थामा देखिएको उनले जनाएका छन् ।

ती वस्तु के हुन् भन्ने बारेमा पत्ता लगाउन एक विशेषज्ञको टोली त्यहाँ पठाइएको र त्यस बारेमा मङ्गलबार सबै स्पष्ट हुने जानकारी उनले दिएका छन् ।


  •  
  •  
  •