१ सय ६२ यात्रु बोकेको एयर एसियाको विमान बेपत्ता

279
  •  
  •  
  •  

air-asia-flightकाठमाडौ, १३ पुस(एजेन्सी) : इन्डोनेसियाबाट सिंगापुरतर्फ गइरहेको एयर एशियाको विमान हराएको छ । उक्त विमानमा १ सय ६२ यात्रु र चालक दलका सदस्य रहेको इन्डोनेसियाली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विमान आइतबार बिहान करिब साढे चार बजेबाट सम्पर्क बिहिन बनेको हो । इन्डोनेसियाको राजधानी जाकार्तामा रहेको एयर ट्राफिक कन्ट्रोलसँग विमान सम्पर्कबिहिन बनेपछि विमानको खोजी कार्य सुरू गरिएको छ । सम्पर्कको अन्तिम समयमा विमान चालकले बाटो परिवर्तन गर्ने बताएका छन् ।

विमान मन्त्रालयका एक अधिकारी हादी मुस्तफाका अनुसार विमानको सुराबाया शहर र सिंगापुरको बीचमा रहेको जावा सागरबाट सम्पर्क टुटेको हो ।

अधिकारीहरूले भनेका छन् की सम्पर्क टुट्नुभन्दा पहिले विमानले एक असामान्य रूटको माग गरेको थियो । एयर एशियाका अनुसार उनीहरुलाई यात्री तथा चालकदलका सदस्यजहरूका बारेमा कुनै जानकारी थिएन, तर हामी सबै सम्बन्धित मानिसहरूलाई सूचना दिने बताएका छन् ।


  •  
  •  
  •