हाम्रो देशमा ठूलालाई चैन सानालाई ऐन : संघर्ष समितिका केन्द्रिय सदस्य किशोर

369
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : थरुहट/थारुवान संयूक्त संघर्ष समितिका केन्द्रिय सदस्य किशोर विश्वासले सरकारले थारुलाई दासत्व र आन्तरिक उपनिवेशमा राखिएको आरोप लगाए ।

उनले भने,‘यो मुलुकमा हाम्रो कुनै अस्तित्व स्विकार गरिँदैन, हाम्रा माँगहरुको बारेमा राज्य जहिलेपनि निरीह छ, टिकापूर आन्दोलनको नाममा हाम्रो मुक्तिको आन्दोलनलाई कमजोर बनाउने कोसिस भयो, तर हामी किहिल्यैपनि पछि हट्दैनौं, हाम्रो आन्दोलन जारी छ, आत्मनिर्णयको अधिकारयूक्त थरुहट राज्य हाम्रो माग हो।’

उनले अघि थपे,‘वर्तमान संविधानले निर्धारणको गरेको ७ वटा प्रदेशको नामाङकन र सिमाङकन हामीलाई चित्त बुझेको छैन्, यहाँ कानून हातमा लिएर कमजोर वर्ग र जातीमाथि प्रहार गर्ने गरिन्छ कदापि स्वीकार्य छैन्।’

रेशमलाल चौधरी जनताको मतबाट आएको बताउँदै विश्वासले भने,‘हाम्रो देशमा ठूलालाई चैन सानालाई ऐन हुन्छ भन्थे हो रहेछ, किर्ते गरेको आरोप लागेका नवराज सिलवाललाई पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गाढिमा बोक्छन्, तर राजनीतिक आन्दोलनका आन्दोनकर्मी रेशमलाई जेलहान्छन्, उनले त अदालतको आदेशलाई सिरोपर गरेर अदालतमा उभिए, उनलाई धन्यवाद छ, आधिकारिक रुपमा टिकापुर घटनाको बारेमा प्रतिवेदन सार्वजनिक होस्, कसैलाई जेलमा कसैलाई संसदमा यति विभेदकारी राज्यको बिरुद्धमा हामीले धावा बोल्नेदिन आयो भने त्यसको सबै क्षति राज्यले नै व्यहोर्नु पर्नेछ।’


  •  
  •  
  •