एआईजी बढुवाको बाटो खुला

196
  •  
  •  
  •  

 

काठमाडौं, ३ असार (ओएनएस) पुनरावेदन अदालत पाटनले एआईजी बढुवा गर्न बाटो खुला गरिदिएको छ ।

मंगलवार पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय द्वारिकामान जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बढुवा सिफारिस कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

बढुवा सिफारिसमा नपरेका डिआइजी पर्शुराम खत्रीले दायर गरेको रिटमा न्यायाधीश रामेश्वरनाथ अमात्यले इजलासले गत जेठ १६ गते मुद्दाको टुंगो नलागेसम्म बढुवा सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

पुनरावेदन अदालत पाटनका रजिष्ट्रार नृपध्वज निरौलाले न्यायाधीशद्वय द्वारिकामान जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बढुवा सिफारिस कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको जानकारी दिए ।

उनले यो फैशलासँगै डिआइजी बढुवाकोलागि बाटो खुलेको बताए अन्तरिम आदेश खारेजीको माग गर्दै बढुवामा परेका डिआइजीहरुले पुनारावेदन अदालतमा निवेदन दिएका थिए । सिफारिस विरुद्ध पनरावलोकन समितिमा दिएको निवेदनको सुनुवाई हुन बाँकी रहेको र अन्तरिम आदेश जारी गर्दा  अपुणनीय क्षति हुन नदेखिएको भन्दै इजलासले  सुविधा र सन्तुलनको दृष्टिले  अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने फैशला सुनाएको हो ।
बढुवा सिफारिस समितिले राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबहादुर श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदलाई सिफारिस गरेको थियो ।


  •  
  •  
  •