दुई एआईजी बिदा बसे, आईजीपीको टुंगो छैन

191
  •  
  •  
  •  

काठमाडौं, ११ चैत : ३० वर्षे सेवा अवधिका कारण २९ चैतमा अवकाश हुन लागेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल अझैसम्म पनि बिदा बसेका छैनन् ।

नयाँ आईजीपीलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले बहालवाला आईजीपी एक महिनाअघिबाट घरबिदा बस्ने परम्परा भए पनि अर्याल भने बिदामा बसेका छैनन् । उनीलगायत १५ एआईजीहरू २९ चैतबाट ३० वर्षे सेवा अवधिका कारण प्रहरी सेवाबाट अवकाश पाउँदै छन् ।

तर, उनीसँगै अवकाशमा जान लागेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरू २० दिनअघिबाट घरबिदामा बसेका छन् । प्रदेश ६ का एआईजी रणबहादुर चन्द र प्रदेश ७ का एआईजी माधव नेपाल शुक्रबारबाट घरबिदामा बसेका हुन् । उनीहरूसँगै अनिवार्य अवकाशमा जान लागेका उनकै ब्याची १३ एआईजी भने बिदामा बसेका छैनन् ।

‘अवकाशको दिन नजिकै आइसक्यो, अब बिदामा बस्दै राम्रो होला भन्ने लाग्यो, त्यही भएर बिदामा बसेको हुँ, अब अवकाशको एक–दुई दिनअघि मात्रै बिदाइ हुन जान्छु,’ प्रदेश ७ का एआईजी नेपालले भने। राजधानी दैनिकबाट


  •  
  •  
  •