सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न एआईजी शाहीको निर्देशन

416
  •  
  •  
  •  

Bishwa Raj Singh Shahiनवलपरासी, २९ मंसिर  (ओएनएस) : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराजसिंह शाहीले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप रोक्न निर्देशन दिएका छन् ।

नवलपरासीको महेशपुरस्थित सीमा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै एआईजी शाहीले सीमा क्षेत्रमा हुने गरेको लागूऔषध ओसार पोसार, मानव बेचबिखन र चोरी तस्करीलाई नियन्त्रण गर्न नवलपरासी प्रहरीलाई निर्देशन दिएका हुन् ।

एआईजी शाहीले सीमा क्षेत्र संवेदनशिल स्थल रहेको उल्लेख गर्दै दुबै देशको सुमधुरता कायम गरेर अपराधका घटना नियन्त्रण गन तर्था शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन निर्देशन दिए ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालय, शान्ति कोषको १ करोड २० लाख अनुदानबाट २ कोठे पक्की भवन निर्माण गरिएको हो ।

उक्त भवनमा सीमा प्रहरी चौकीको कार्यालय, ब्यारेक र भान्साघर समेत रहने नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।


  •  
  •  
  •