विश्व एड्स दिवस : देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाइदैं

535
  •  
  •  
  •  

काठमाडौं, १४ मंसिर(ओएनएस) । विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भोली(शनिबार) जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताएको हो ।

डिसेम्बर १ का दिन हरेक वर्ष विश्वभर एड्स दिवस मनाउँदै आइएको छ । यसै अवसरमा नेपालले पनि सो दिवस शनिबार देशभर चेतनामूलक कार्यक्रम गरी बनाउन लागिएको केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।
नेपालमा संक्रमितको संख्या ३३ हजार २० रहेको सरकारी तथ्यांक छ । सो मध्ये ५३ प्रतिशत अर्थात १६ हजार ४ सय २८ जनाले मात्र एआएभीमा उपचाररत रहेका छन् ।

निर्देशक पोख्रेलले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआईभी तथा एड्स सम्बन्धि कार्यक्रमहरु सञ्चालन भइरहेको बताए ।

यस वर्षको विश्व एड्स दिवसको मूल नारा ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ रहेको छ ।  विश्वमा हाल ३ करोड ७० लाख मानिसमा यो रोगको संक्रमण देखिएको छ ।


  •  
  •  
  •