न्यायपालिका राज्यका निर्देशक सिद्धान्तमा सहमति

75
  •  
  •  
  •  

काठमाडौं, १७ भदौ (ओएनएस): संवैधानिक–राजनीतिक संवाद तथा समितिले न्यायपालिका र राज्यका निर्देशक सिद्धान्तमा सहमति गरेको छ ।
समितिको मंगलवार बसेको बैठकले न्यायपालिका र मौलिक हकअन्तर्गतका अधिकांश विषयमा सहमति भए पनि सम्पत्ति हकको विषय भने निष्कर्षमा पुग्न बाँकी रहेको समितिका सभापति डा. बाबुराम भट्टराईले बताए ।

बैठकले राज्यको निर्देशक सिद्धान्तमा पनि सहमति गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै राजनीतिक दलले सहमति जनाएका छन् । तर, राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाको सैद्धान्तिक असहमति रहेकाले ती पार्टीको फरक मतसहित सहमति भएको सभापति डा. भट्टराईले जानकारी दिए ।

बैठकमा राज्यको पुनःसंरचना र शासकीय स्वरुपका विषयमा छलफल भए पनि राजनीतिक दलका आ–आफ्ना अडान दोहो¥याएकाले निष्कर्षमा पुग्न नसकिएको उल्लेख गर्दै ती विषयमा आगामी बैठकमा छलफल गरिने भएको छ ।

समितिका सदस्य लक्ष्मणलाल कर्णले समानुपातिक समावेशी सहभागिता र सामाजिक व्यवस्थासहित संघीय एकाई निर्माण गरेर लोकतान्त्रिक अधिकारसहितको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’मा सहमति भएको बताए ।


  •  
  •  
  •